लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा भएको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था र सहकारी मन्त्री दिनेश पन्थीले बताए।
नीति तथा कार्यक्रम जेठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्न प्रदेश प्रमुखसँग अनुरोध गरिएको छ। बैठकले जिल्ला सभा र जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ संशोधन विधेयक र लुम्बिनी प्राज्ञ प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति पनि दिएको छ।
प्रकाशित: २ जेष्ठ २०८२ १९:५० शुक्रबार





-600x400.jpg)