नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरी पक्राउबारे छानबिनको माग गरेको छ। नागरिकसँग कुराकानी गर्दै नागरिक उन्मुक्तिका नेता गंगाराम चौधरीले भने, 'हाम्रो संरक्षक पक्राउ किन पर्नुभयो, यसबारे छानबिन हुनुपर्छ। सत्यतथ्य बाहिर आउनुपर्छ।'
संरक्षक रेशम चौधरी गत वैशाख १७ गते नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका थिए। उनी त्यही दिन साढे पाँच घण्टापछि छुटिसकेका छन्। तर, नागरिक उन्मुक्तिले भने छानबिनको माग गरेको हो।
नागरिक उन्मुक्ति त्यो दिन डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा गर्न ठिक्क परेको थियो। तर, संरक्षक नै पक्राउ परेपछि रोकियो। कार्यक्रम स्थगित भयो।
चौधरी पक्राउको विषय संसद्मा समेत पुगेको थियो। त्यसले राज्य संयन्त्रलाई उदाङ्गो देखाएको भन्दै सांसदहरूले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री रमेश लेखकले त्यसबारे जवाफ दिइसकेका छन्।
उनले कानूनको कार्यान्वयन बाहेक चौधरी पक्राउमा कुनै पूर्वाग्रह नभएको बताएका छन्।
यो पनि पढ्नुहोस्
जनमतसँग एकता भाँडिएपछि रेशम : सबै कुरा थाती राखी संगठन निर्माणमा जुटौँ
प्रकाशित: २९ वैशाख २०८२ १४:५५ सोमबार





-600x400.jpg)