२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

जनमतसँग एकता भाँडिएपछि रेशम : सबै कुरा थाती राखी संगठन निर्माणमा जुटौँ

नागरिक उन्मुक्ति पार्टीका स‌ंरक्षक रेशम चौधरीले संगठन निर्माणलाई अघि बढाउन आग्रह गरेका छन्। 

चौधरीले सबैकुरा थाति राखेर आफ्नो संगठन निर्माणमा जुट्न आग्रह गरेका हुन्। आस्था मौसम जस्तै बदलि नरहने बताउँदै उनले विचार परिवर्तन भौतिक शरीर नष्ट भएमात्रै समाप्त हुने जिकिर गरे। 

जनमतसँग एकता हुन नसकिरहेको बेला उनले संगठन रहे मात्र राजनीतिक पदाधारी हुने र संगठन बिनाको राजनीति कल्पना पनि गर्न सकिने भनाइ राखे।

'मौसम जस्तै बदलिरहँदैन आस्था। विचार परिवर्तन भौतिक शरीर नष्ट भएमात्रै समाप्त हुन्छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'सबैकुरा थाति राखेर आफ्नो संगठन निर्माणमा जुटौँ। संगठन रहे तपाई रहने हो,राजनैतिक पदधारी हुने हो। संगठन बिनाको राजनीति कल्पना पनि नगरौँ।'

प्रकाशित: २९ वैशाख २०८२ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App