५ मंसिर २०८३ शनिबार
image/svg+xml
राजनीति

आठै एनपिएल क्लबलाई फ्लडलाइटसहितको रंगशाला, छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण हुने बताएका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले ती क्रिकेट रंगशाला नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिने उल्लेख गरेका हुन्।

एनपिएल विजेता सुदूरपश्चिम रोयल्सलाई हार्दिक बधाई दिँदै प्रधानमन्त्री शाहले फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन्।

उनले लेखेका छन्- ‘क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार तयार छ।’

प्रधानमन्त्री शाहले सार्वजनिक गरेको क्लब र निर्माण हुने रंगशालाको विवरण यसप्रकार छ:

१. विराटनगर किंग्स - बैजनाथपुर क्रिकेट रंगशाला
२. लुम्बिनी लायन्स - सिद्धार्थ क्रिकेट रंगशाला
३. कर्णाली याक्स - सुर्खेत क्रिकेट रंगशाला
४. सुदूरपश्चिम रोयल्स - फाप्ला क्रिकेट रंगशाला
५. काठमाडौं गुर्खाज - कीर्तिपुर क्रिकेट मैदान
६. पोखरा एभेन्जर्स - पोखरा क्रिकेट रंगशाला
७. जनकपुर बोल्ट्स - रामजानकी क्रिकेट रंगशाला
८. चितवन राइनोज - गौतमबुद्ध क्रिकेट रंगशाला

प्रकाशित: ५ मंसिर २०८३ २०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App