११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दाहालसँग भारतीय नेता भगतसिंहको भेटवार्ता

भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) का भारतीय संयोजक भगतसिंह कोश्यारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।

ललितपुरको खुमलटारस्थित दाहाल निवासमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको दाहालको सचिवालयले जनाएको छ। दुवै नेताबीचको भेटको तस्वीर सार्वजनिक गरे पनि वार्ताको विषयवस्तिबारे कुनै विवरण उल्लेख गरेको छैन।

धार्मिक कार्यक्रममा सहभागी हुन नेपाल आएका कोश्यारी यसअघि पनि नेपाल–भारत सम्बन्धका विभिन्न पहलुमा सक्रिय रहँदै आएका छन्।

यसअघि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि नेपाल भ्रमणका क्रममा दाहालसहित विभिन्न दलका नेताहरूसँग भेट गरेका थिए।

भेटवार्ताले नेपाल–भारतबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्धमा संवाद भएको आंकलन गरिएको छ।

प्रकाशित: २५ वैशाख २०८२ १८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App