११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

'सार्वजनिक ओहदामा बसेकाहरूको सम्पत्ति छानबिनसम्बन्धी आयोग गठनको योजना नीति-कार्यक्रममै राखौँ'

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीमगरले २०४६ यता सार्वजनिक ओहदामा बसेका व्यक्तिको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठनको योजना नीति तथा कार्यक्रममै राखिनुपर्ने माग गरेका छन्।

सोमबार (आज) बसेको संसद् बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि संशोधन हाल्दै उनले यस्तो माग गरेका हुन्।

'२०४६ सालभन्दा यता सार्वजनिक ओहदामा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिनसम्बन्धी शक्तिशाली आयोग गठनसम्बन्धी योजना नीति तथा कार्यक्रममा उल्लेख गर्नुपर्छ,' उनले भने।

उनले सङ्घीयताको पूर्ण कार्यान्वयनबारे पनि ठोस कार्यक्रम आउनुपर्ने पनि बताए।

प्रकाशित: २२ वैशाख २०८२ १५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App