१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस सांसद मिजारको प्रश्न : निर्माणाधीन संसद भवनको काम सुस्त हुनुमा जिम्मेवार को?

नेपाली कांग्रेसकी सांसद सीता मिजारले सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद भवनको काम सुस्त हुनुमा जिम्मेवार को भन्दै प्रश्न गरेकी छन्। 

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद मिजारले यस्तो प्रश्न गरेकी हुन्। उनले निर्माण भइरहेको संघीय संसद भवनको प्रगति सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराइन्। 

उनले २०७९ मा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको संसद भवन निर्माण आयोजनाको चौथो पटक म्याद थप हुँदा समेत जम्मा ८६ प्रतिशत मात्र भौतिक प्रगति भएको भन्दै असन्तुष्टि समेत जाहेर गरिन्।

प्रकाशित: २२ वैशाख २०८२ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App