नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले मुख्य तीन दल नै श्री ३ भएर बसेको आरोप लगाएका छन्।
बिहीबार नेपाल समाजवादी ट्रेड युनियन महासङ्घले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको गरेको कार्यक्रममा बोल्दै उनले मुख्य तीन दल नै श्री ३ भएर बसेको बताएका हुन्।
उनले भने,'राजनीति अहिले तमासा भएको छ। राजनीति भनेको अहिले केहीलाई झुटा सपना देखाउने, चुनाव जित्ने अनि सत्तामा गएर जनताले तिरेको करलाई त्यसैमाथि लुट मच्चाउनेलाई राजनीति भन्ने गरिएको छ। राजनीति दलका नेताहरुलाई पनि अहिले श्री तीन भनिन्छ, अहिले ती श्री तीनहरूले पालैपालो सत्तामा बसेर मोजमस्ती गरिरहेका छन्। नवराजा जस्तो बनेका छन्। त्यसले गर्दा अहिले जनतालाई श्री तीन भन्दा श्री पाँच ठिक हुन्छ की भन्ने लागेको छ। तर त्यस्तो होइन्। श्री तीन र श्री पाँच नै ठिक होइन्।'
प्रकाशित: १८ वैशाख २०८२ १७:२२ बिहीबार





