१६ माघ २०८२ शुक्रबार
image/svg+xml
खेल

डीआईडी कपमा बाल्मिकीको जित

बाल्मिकी सेकेण्डरी स्कुल मोरङ धरानमा जारी कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआईजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको पहिलो चरणको खेलमा विजयी भएको छ । बिहीबार धरान रंगशालामा भएको खेलमा निधी सेकेन्डरी स्कुल विर्तामोड झापालाई २-१ गोल अन्तरले हराउँदै बाल्मिकी स्कुल विजयी भएको हो ।  

बाल्मिकीका तर्फबाट खेलको पहिलो हाफमा साङ्केमा बान्तावाले पहिलो गोल गरे । उनले पहिलो मिनेटमै गोल गरे । यस्तै, पहिलो हाफकै पाँचौ मिनेटमा  मनिष दुलालले अर्को गोल गरे ।  

पहिलो हाफको खेलमा बाल्मिकीले शून्यका विरुद्ध दुई गोलले अग्रता लिएपनि दोस्रो हाफको ३८ औं मिनेटमा निधी सेकेण्डरी स्कुलका पुजन ढकालले गोल गरे । प्रतियोगितामा म्यान अफ दि म्याच साङ्केमा नै भए ।  

बुधबारको उद्घाटन खेलमा पुलिस स्कुल रेड समूहले भरौल बाल मन्दिर स्कुललाई ५-० गोल अन्तरले हराउँदै विजयी भएको थियो । प्रतियोगितामा सुनसरी, मोरङ र झापाका १६ वटा विद्यालय सहभागी भएका छन् ।  

प्रतियोगिताको विजेताले ८१ हजार ५ रुपैयाँसहित  ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ४१ हजार ५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत खेलमा वेस्ट गोलकिपर, वेस्ट मिडफिल्डर, वेस्ट डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर र वेस्ट कोचलाई जनही २ हजार ५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित: १० पुस २०८२ १९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App