१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

स्वर्णिम वाग्लेको दाबी: रवीन्द्रमाथिको अभियोग रविमाथिको प्रतिशोध जस्तै हो

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रमाथिको अभियोगलाई पनि राजनीतिक प्रतिशोध भनेर दाबी गरेका छन्। सोमबार फेसबुकमा लामो स्टाटस राख्दै वाग्लेले मिश्रमाथिको अभियोग ‘रास्वपा सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध जस्तै’ रहेको दाबी गरेका हुन्। 

‘रवीन्द्र मिश्र: बुस हाउसदेखि भद्रकाली हिरासतसम्म’ भनेर लेखेको स्टाटसमा वाग्लेले मिश्र बिबिसी नेपाली सेवाका कार्यरत ३० वर्षअघि लन्डनमा भएको आफ्नो पहिलो भेट सम्झेका छन्। 

‘प्रधान वैचारिक मूल्य र मान्यता फरक रहेकोले राजनीतिमा सँगै काम गर्न सकेनौँ, तर हाम्रो सम्बन्ध दाजुभाइको जस्तै स्नेहपूर्ण छ,’ वाग्लेले लेखेका छन्, ‘पूर्व सचिव कृष्ण ज्ञवालीले भन्नुभएझैँ: महत्त्वाकाङ्क्षा, आग्रह, अधैर्य, अस्थिरता र अपरिपक्वता उहाँका आलोच्य पक्ष हुन् भने देशभक्ति, आर्थिक इमानदारी, परोपकारिता, अध्ययनशीलता र मिलनसारिता उहाँका प्रशंस्य गुण हुन्।’ 

मिश्रलाई ‘नेता’ भनेर सम्बोधन गर्दै वाग्लेले अगाडि लेखेका छन्, ‘मिश्रमाथि राज्यविरुद्धको अपराधजस्तो अनपेक्षित र अवाञ्छित अभियोग सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध जस्तै हो।’ उनले मिश्रको रिहाइको माग गरेका छन्।

प्रकाशित: १५ वैशाख २०८२ १४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App