शिक्षकहरुको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै पेसागत महासंघले आपत्ति जनाएको छ ।
आन्दोलनको २६औं दिनमा नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि आइतबार प्रहरी र आन्दोलनरत शिक्षकहरुबीच झडप भएको थियो । सो क्रममा करिब २७ जना शिक्षकहरु घाइते भएका थिए ।
आन्दोलनका क्रममा प्रहरीबाट भएको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै महासंघले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकहरुको जाजय माग अविलम्ब पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।
महासंघका महासचिव राजन रेग्मीद्वारा जारी विज्ञप्तिमा समस्याको समाधान संवादका माध्यमबाट गर्नुपर्नेमा अनावश्यक बल प्रयोग गरी स्थितिलाई उत्तेजक बनाउने र आन्दोलनरत शिक्षक र कर्मचारीलाई दमन गर्ने सरकारको नीति आपत्तिजन रहेको उल्लेख छ ।

प्रकाशित: १४ वैशाख २०८२ १६:०८ आइतबार



-600x400-wm.jpg)

