१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

नेता मनमोहन अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो: पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवनशैलीबाट हामी सबैले सिक्नुपर्ने बताएकी छिन्। साथै उनले नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर  काम गर्नुहुन्थ्यो भनेकी छिन्।

छब्बिसौँ मनमोहन स्मति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सच्चा साम्यवादीका रुपमा नेता अधिकारीले अवलम्बन गरेको मार्गलाई हामी सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिइन्।

प्रधानमन्त्री अधिकारीको  कार्यकालमा   देशको विकास तल्लो तहको विकासबाट मात्र सम्भव हुने वास्तविकतालाई मनन गरी ‘आफ्नो गाउँ आफै बनाउँ’ अवधारणा अघि सारेर उहाँले राष्ट्रलाई केन्द्रमा राखेर  काम गर्नुभएको पूर्वराष्ट्रपति भण्डारीले बताइन्। 

प्रकाशित: १३ वैशाख २०८२ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App