१५ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

शिक्षामन्त्रीले बोलाएपछि मन्त्रालय पुगेका आन्दोलनरत शिक्षक वार्ता नगरी फर्किए

नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सरकारसँग वार्ता नगरी फर्किएको जानकारी दिएको छ। 

समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसबारे जानकारी दिएका हुन्। यसअघि शिक्षामन्त्री रघुजी पन्तको आह्वानपछि २५ जना शिक्षकको समूह वार्तामा लागि मन्त्रालय पुगेको जानकारी दिइएको थियो। 

यसबारे जानकारी गराउँदै उनले भनेका छन्, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय  नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी  गराउँछौ।’

उनले अगाडि भने, ‘आज नवनियुक्त मन्त्रीज्यूसँग औपचारिक भेटका  लागि हामी जाने क्रममा थियौ। तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौ।’ विभिन्न माग राखेर शिक्षकहरू गत चैत २० गतेदेखि आन्दोलनमा छन्। 

प्रकाशित: १२ वैशाख २०८२ १६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App