९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

संसद्‌मा एमालेले भन्यो: साथीहरू सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा चिन्नै गाह्रो !

फाइल तस्बिर

नेकपा एमालेका सांसद गोकर्ण विष्टले नेपाली कांग्रेसका नेतातर्फ इङ्गित गर्दै सत्तामा रहेका साथीहरू सत्तामा छन् कि प्रतिपक्षमा भन्ने चिन्न गाह्रो हुने खालको अवस्था पैदा भएको टिप्पणी गरेका छन्। शुक्रवार प्रतिनिधिसभामा बोल्दै नेता विष्टले यस्तो बताएका हुन्। 

‘कहिलेकाहीँ यस्तो लाग्छ सत्तामा रहेका साथीहरू सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा चिन्न पनि गाह्रो हुने खालको अवस्था पैदा भएको छ,’ सांसद विष्टले भने, ‘यो प्रकारको अवस्थाबाट हामी माथि उठौँ। गठबन्धन संस्कृतिको विकास गर्ने वातावरण बनाऔँ।’ 

उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार रहने र जाने कुरा महत्त्वपूर्ण नभएको पनि बताए। उनले भने, ‘यो सरकार अजम्बरी छैन। एक दिन त जान्छ नै।’ 

उसै पनि १५/१५ महिनापछि त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण हुने तय नै रहेको सांसद विष्टले बताए। ‘तर सरकार गयाे गयो सरकार रह्योरह्योृ भन्ने विवादतिर नलागेर सरकार जति दिन रहन्छ जनता र राष्ट्रमा काम गर्ने कुरा हो,’ उनले भने।

प्रकाशित: १२ वैशाख २०८२ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App