१९ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

राजतन्त्रको आन्दोलनप्रति हाम्रो सम्मान छ: राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजतन्त्रको माग राख्ने आन्दोलनप्रति सम्मान रहेको बताएका छन्। यद्यपि, आन्दोलन शान्तिपूर्ण हुनुपर्ने र तीनकुने घटनाजस्तो हिंसात्मक नहुनुपर्नेमा उनले जोड दिए।

बुधबार नागरिकन्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै डा. राउतले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा आफ्नो दृढ समर्थन व्यक्त गरे।

“यो व्यवस्थाले मधेसको छोरालाई देशको सर्वोच्च पदमा पुग्ने अवसर दियो। सदनमा बसेर सरकारको विरोध गर्न, गणतन्त्र वा राजतन्त्रको नारा लगाउन स्वतन्त्रता छ। राजतन्त्रमा यस्तो सम्भव थिएन,” उनले भने।

उनले गणतन्त्रलाई सुन्दर र समावेशी व्यवस्था भन्दै यसको गौरव गर्ने बताए। “राजतन्त्रको माग गर्नेलाई हाम्रो सम्मान छ। माग्नुस्, मज्जाले। हाम्रो तर्फबाट कुनै रोकटोक छैन। तर, आन्दोलन शान्तिपूर्ण होस्, तीनकुनेको जस्तो हिंसा नहोस्,” उनले थपे।

डा. राउतले जनमत पार्टी गणतन्त्रको पक्षमा अडिग रहेको दोहोर्‍याउँदै सबैलाई आफ्नो विचार स्वतन्त्र रूपमा व्यक्त गर्ने अधिकारको सम्मान गर्ने बताए।

प्रकाशित: १० वैशाख २०८२ २०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App