११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गिरिजासँग तुलना गर्दै महेशले लेखे: केपी बा-आई लभ यु!

'सत्यसँग लड्दैनन्, शक्तिसँग झुक्दैनन्'

नेकपा एमालेका स्थायी कमिटी सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको तुलना स्व. गिरिजाप्रसाद कोइरालासँग गरेका छन्। बुधवार सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै महेशले ओलीको तुलना कोइरालासँग गरेका हुन्। 

‘यो मुलुकमा सबैभन्दा धेरै पुत्ला जलाइएका नेता स्व. गिरिजाप्रसाद कोइराला थिए। किनभने उनी कहिल्यै भिडको भावनामा बहिएनन्,’ महेशले लेखेका छन्,‘कहिलेकाहीँ आफ्नै सभामा, आफ्नै विरुद्ध नाराबाजी हुँदा पनि उनी डगमगाएनन्।’

आज सबैभन्दा धेरै गाली खाने नेतामा परेका ओली परेको उनले लेखेका छन्। त्यसपछि ‘किन?’ भन्ने प्रश्न गर्दै ६ बुँदामा कारण दाबी गरेका छन्। 

जसमा उनले ओली विदेशीको सामु घोडा नटेक्ने नेता, जनताको सार्वभौम सत्ताको पक्षमा रहेको, सामाजिक सद्भावको पक्षमा रहेको, राष्ट्रिय एकताको पक्षमा रहेको, जनताको सार्वभौम सत्ताको पक्षमा रहेको र समृद्ध नेपाल सुखी नेपालीको पक्षमा रहेको भन्ने बुँदा उल्लेख छ। 

‘उनी कहिले भिडको सेन्टिमेन्ट क्याच गरेर बोलेर लोकप्रिय बन्ने प्रयास गर्दैनन्।

सत्य जे हो, त्यही बोल्छन्। निडर भएर,’ महेशले अगाडि भनेका छन्। 

भीडलाई खुसी पार्ने भाषण गरेर, सोसियल मिडियाको ट्रेन्डअनुसार बोलेर तत्कालका लागि हाइहाइ पाउने नेता धेरै नेपालमा धेरै जन्मेका उल्लेख गर्दै उनले दीर्घकालसम्म हाइहाइ हुने नेता भने सत्य बोल्न र देशको हितमा सतिसालझैँ उभिन सक्ने पात्र मात्र हुने दाबी गरेका छन्। ‘त्यो के पी ओली हो,’ महेशले दाबी गरेका छन्। 

ओलीसँग तत्काल लोकप्रिय हुनसक्ने कला ‘नभएको होइन’ भनी महेशले दाबी गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘तर उनी क्षणिक फाइदा होइन, दीर्घकालीन प्रभाव हेरेर बोल्छन्, काम गर्छन्। सत्यसँग लड्दैनन् शक्तिसँग झुक्दैनन्।’ 

यसैलाई ‘क्लास’ भन्दै उनले लेखेका छन्, ‘त्यसैले मन देखि भनिन्छ, के पी बा–आई लभ यु’, महेशले अन्तिममा लेखेका छन्। 

प्रकाशित: १० वैशाख २०८२ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App