राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यवाहक प्रवक्ता मनिष झाले सत्तारुढ गठबन्धनमाथि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गिजोलेको आरोप लगाएका छन्। मङ्गलवार सामाजिक सञ्जालमा गभर्नर नियुक्तिमा भएको रस्साकस्सीको ‘टाइमलाइन’ राख्दै झाले यस्तो आरोप लगाएका हुन्।
राष्ट्र बैंक ऐनमा गभर्नरको पदावधि सकिनु एक महिना अगावै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै फागुन २१ गते यता गभर्नरका लागि भएका रस्साकस्सीको समय र गतिविधि उल्लेख गरेका छन्।
जसमा फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति गठन गरेको देखि मङ्गलवार सिफारिस समितिका सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईको राजीनामासम्मका १६ वटा गतिविधि उल्लेख छन्।

प्रकाशित: ९ वैशाख २०८२ १८:१९ मंगलबार





