९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

यूएईका उपप्रधानमन्त्री नेपाल आउँदै, उच्चस्तरीय भेटघाटको कार्यतालिका

संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा विदेश मामिला मन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यान आज नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आउँदै छन्। 

परराष्ट्र मन्त्रालयका अनुसार यो भ्रमणले नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा शेख अब्दुल्लाहले काठमाडौंमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय बैठक गर्ने मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: ९ वैशाख २०८२ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App