नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।
सोमबार (आज) उनले फेसबूकमा लेखेका छन्, 'शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता छ।'
उनले देश ठीकठाक चलिनरहेको पनि बताएका छन्। 'शिक्षामन्त्रीको कदमले बोल्छ, देश कसरी चलिरहेको छ,' उनले थप लेखेका छन्।
शिक्षामन्त्री विद्या भट्टराईले आज अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी छन्। उनले प्रधानमन्त्रीको बेवास्ता र शिक्षकहरूको दबाबका कारण राजीनामा दिएकी हुन्।
प्रकाशित: ८ वैशाख २०८२ २०:४३ सोमबार





