९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

राजसंस्था पुनर्स्थापना आन्दोलनले नयाँ निर्णायक उचाइ लिने समितिको दाबी

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शम्शेर राणा रिहा भएसँगै समितिले आन्दोलनले नयाँ रणनीतिका साथ निर्णायक उचाइ लिने दाबी गरेकाे छ।

समितिका प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनले नयाँ रणनीतिका साथ निर्णायक उचाइ लिनेछ।’ सबै परिवर्तनकामी नागरिकलाई आशावादी भएर प्रतीक्षा गर्न समितिले अनुरोध पनि गरेको छ।

उनले राजनीतिक आस्थाका आधारमा गैरकानुनी रूपमा झूटा मुद्दामा फसाइएकाे भन्दै सबै आन्दोलनकारीलाई बिनाशर्त रिहा गर्न सरकारसँग माग समेत गरेका छन्। गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका राणा आइतबार २४ दिनको हिरासत बसाईंपछि उपचारका लागि हाजिर जमानीमा रिहा भएका छन्।  

प्रकाशित: ८ वैशाख २०८२ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App