१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

नेकपा एसका प्रवक्ता भन्छन्: हाम्रो पार्टी शिक्षक आन्दोलनको समर्थनमा छ

आन्दोलनको विरुद्ध नबोल्न निर्देशन

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले शिक्षक आन्दोलनलाई लिएर शनिवार बिहान सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति अहिले चर्चाको केन्द्रमा छ। 

झाँक्रीले ‘अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो’ भन्ने शीर्षकमा लेखेको लामो स्टाटसमा सडकबाट विद्यालय शिक्षा ऐन नआउने र त्यो प्रक्रियामा रहेको भन्दै आक्रोश पोखेकी थिइन। त्यो अभिव्यक्तिविरुद्ध शिक्षकहरू चर्को सुनिएका छन्। 

त्यसपछि कतिपय शिक्षक झाँक्रीको पार्टी नेकपा एसमाथि पनि खनिँदै आएका छन्। 

यसरी पार्टीमाथि नै शिक्षकहरू खनिन थालेपछि नेकपा एसका उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले आइतबार फेसबुकबाटै खण्डन गरेका छन्। 

‘कसैलाई भ्रम नहोस्–हाम्रो पार्टी शिक्षक आन्दोलनको समर्थनमा छ,’ ज्वालाले लेखेका छन्, ‘ शिक्षकका जायज माग सरकारले पूरा गर्नै पर्छ !’ 

त्यसपछि उनले ‘आन्दोलनका विरुद्धमा बोल्नु पार्टी धारणाको विपरीत हुन्छ’ भन्दै नेता कार्यकर्तालाई साङ्केतिक रूपमा निर्देश गरेका छन्। 

प्रकाशित: ७ वैशाख २०८२ १६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App