११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

७७ जिल्लामा संयुक्त जनआन्दोलन समिति निर्माण गर्ने जगमानको घोषणा

संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले देशका ७७ वटै जिल्लामा संयुक्त जनआन्दोलन समिति निर्माण गर्ने घोषणा गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै गुरुङले यस्तो घोषणा गरेका हुन्। उनले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य एवं सुशासनको लक्ष्य प्राप्त गर्नका लागि संयुक्त जनआन्दोलन समितिले देशका ७७ जिल्लामा समितिहरू निर्माण गर्ने निर्णय गरेको बताएका छन्।

यसै सन्दर्भमा निश्चित लक्ष्य र अवधिका लागि निर्माण गरिने जिल्लास्तरीय समितिहरूमा आम देशभक्त, राष्ट्रवादी नागरिकलाई सक्रिय सहभागिता र सहयोगका लागि आह्वान समेत उनले गरेका छन्।

प्रकाशित: ७ वैशाख २०८२ ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App