२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, अराजक गतिविधिमा सहभागी नहुन गृहको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (आइतबार) काठमाडौंमा निषेधाज्ञा तोड्ने भएको छ।

गत साता सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार आज राप्रपाले काठमाडौं, बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने भएको हो।

गत चैत १५ गते भएको प्रदर्शनमा हिंसात्मक भएपछि सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको तथा उनीहरूको रिहाइको मागसहित राप्रपाले काठमाडौंमा निषेधित क्षेत्र तोड्न लागेको हो।

तर, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ।

मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रकाशित: ७ वैशाख २०८२ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App