१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

संविधान रक्षा र शान्ति कायम गर्न तीन नेताको छलफल, एकजुट हुने सहमति

प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख राजनीतिक दलका नेताहरूबीच राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षा गर्न उपयुक्त वातावरण बनाउने विषयमा आज छलफल भएको छ।

बालुवाटारमा भएको छलफलमा संविधान उल्लङ्घन गर्ने र सामाजिक अराजकता फैलाएर मुलुकको शान्तिमा खलल पुर्‍याउनेहरूविरुद्ध सचेत रहँदै अघि बढ्ने विषयमा सहमति भएको हाे। प्रमुख राजनीतिक दलहरू र गणतन्त्र पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने कुरामा नेताहरू सहमत भएका छन्।

छलफलमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल सहभागी थिए।

सल्लाहकार खरेलले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिको कामबारे सामान्य जानकारी दिएको बताए। रासस

प्रकाशित: ६ वैशाख २०८२ १९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App