२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

शीर्ष नेताको बैठक बालुवाटारमा जारी

शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ ।  

संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । 

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेललगायत सहभागी छन् ।  

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई अन्तिम रुप दिन खरेललाई विज्ञ सल्लाहकारमा नियुक्त गर्दै जिम्मेवारी तोकेको छ । 

प्रकाशित: ६ वैशाख २०८२ १७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App