१६ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका रहने

फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन उद्योगमा महिला उद्यमशीलता नै अर्थतन्त्रको महत्वपूर्ण आधार हुनसक्ने बताएका छन् ।  

वर्तमान ‘डिजिटल’ युगमा नेपाली पर्यटन उद्योगमा महिला विषयमा नेपाल पर्यटन बोर्डले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले महिला पर्यटन क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम रहेको बताए ।

पर्यटनमन्त्रीले आगामी वर्षको बजेटमा पर्यटन क्षेत्रको विकास र समृद्धिलाई केन्द्रमा राखेर रकम विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे । “पर्यटन क्षेत्रको विकास निजी क्षेत्रसँगको सहकार्यमा अझ प्रभावित ढङ्गले गर्न सकिन्छ सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार काम गरौँ”, निजी क्षेत्रलाई विदेशी मुद्राआर्जनको प्रमुख उद्योगको विकासमा लाग्न आह्वान गर्दै उनले भने ।  

राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी अधिकारीले पर्यटन उद्योगलाई प्रविधिमैत्री बनाउन हरेक क्षेत्रमा इन्टरनेटको प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।  

“हामी १६औँ योजना कार्यान्वयनमा छौँ, सोहीअनुरुप नीति तथा कार्यक्रम तर्जुमा गरेर अघि बढेका छौँ महिलाको योगदानबाट पर्यटनका साथै विकास निर्माणका कार्यक्रमले चाँडो गति लिन्छन् । आर्थिक विकासमा पनि महिलाको भूमिका महत्वपूर्ण छ”, उनले भने ।  

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पाँच लाख महिला जनशक्तिलाई पर्यटन क्षेत्रले रोजगारी प्रदान गरेको तथ्याङ्क प्रस्तुत गर्दै महिलालाई आर्थिक रुपमा सशक्त गराउनुपर्नेमा जोड दिए ।  

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटन क्षेत्रमा महिलाको सहभागिता निरन्तर बढिरहेको भन्दै डिजिटल माध्यमले महिलालाई काम गर्न सहज भएको बताए । 

प्रकाशित: ६ वैशाख २०८२ १५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App