तीनकुने हिंसा घटनामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणा शुक्रबार (आज) नछुट्ने भएका छन्।
कानुनी प्रक्रिया पूरा नभएकाले आजै हिरासतमूक्त गर्न नसकिने अवस्था रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जानकारी दिए।
‘कानुनी प्रक्रिया पूरा हुन नसकेपछि उहाँ आज छुट्नुहुन्न,’ एसएसपी अधिकारीले भने। महामन्त्री राणा क्यान्सर सर्भाइभर हुन्। उनी उपचारका लागि भारत जानुपर्ने स्थिति रहेको भन्दै उपचारपछि कानुनी प्रक्रियामा सहभागी हुने गरी हिरासतमुक्त माग गरेका छन्।
सरकार पनि उपचारका लागि पठाउन सकारात्मक देखिएको स्रोत बताउँछ। जसअनुसार प्रहरीले हाजिरी जमानीमा छाड्ने तयारी गरेको थियो।
तर, गम्भीर प्रकृतिको अपराधमा अनुसन्धानका लागि हिरासतमा रहेकाले अदालतकै अनुमति चाहिने देखिएको प्रहरीस्रोतले बतायो।
प्रकाशित: ५ वैशाख २०८२ १९:०० शुक्रबार





