नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै रिजालले सरकारले बोलाइरहेको हुनाले सरकारको कुरा सुन्न आग्रह गरेका हुन्। उनले शिक्षकको माग सम्बोधन गर्न र भएका समस्या बसेर समाधान गर्नुपर्ने भन्दै यस्तो आग्रह गरे।
रिजालले मन्त्रिपरिषद्ले माग पूरा गर्ने निर्णय गरेको र संसद् बैठक पनि बोलाइसकेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, 'आदरणीय गुरुजन! सरकारका कुरा सुन्नुहोस्, सरकारले बेलाइरहेको छ। मन्त्रिपरिषद्ले माग पूरा गर्ने निर्णय गरेको छ, संसद् बोलाइसकेको छ। तपाईंहरूका समस्या छन्, बसेर समाधान पनि तपाईंहरू नै दिनुहोस्। अब अति भएन र? कति दिनसम्म दुःख पाउनुहुन्छ?'
प्रकाशित: ५ वैशाख २०८२ १०:०७ शुक्रबार





