१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

संघीय संसदका तीन समितिको बैठक बस्दै

आज (शुक्रबार) संघीय संसद अन्तर्गतका तीन वटा समितिको बैठक बस्दै छ। संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने छ।

जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। जुन बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१/८२  माथि छलफल हुनेछ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुने छ। जुन बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।

साथै, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ बजेबाट सुरु हुनेछ। जुन बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०८२ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App