१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाले तोक्यो सातै प्रदेशका इन्चार्ज, कुन प्रदेशमा को ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रादेशिक र जिल्ला कमिटीलाई थप सशक्त र सक्रिय बनाउने उद्देश्यले सातै प्रदेशका लागि इन्चार्ज तोकेको छ।

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार, मधेस प्रदेशमा मनिष झा, बागमती प्रदेशमा लिमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल, लुम्बिनी प्रदेशमा विपिन कुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिम प्रदेशमा हरि ढकाललाई नियुक्त गरेको छ।

पार्टीले संगठन सुदृढीकरण र आगामी महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन यी इन्चार्जहरूले प्रदेश र जिल्ला तहमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ।

रास्वपाले हाल १,९७५ वडा र ४५८ पालिकामा समिति गठन गरिसकेको जनाउँदै संगठन विस्तार र अधिवेशन प्रक्रियालाई तीव्रता दिने रणनीति बनाएको छ।

प्रकाशित: ४ वैशाख २०८२ १८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App