११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शिक्षकको मागबारे संसदमा सशक्त रुपमा प्रस्तुत हुने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षकहरूको आन्दोलनको विषयलाई संसदमा सशक्त रुपमा उठाउने निर्णय गरेको छ। 

बिहीबार बसेको  केन्द्रीय समिति बैठकले सडक आन्दोलनमा रहेका शिक्षकहरूको मागलाई लिएर संसदमा  सशक्त रुपमा प्रस्तुत हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। 

उनले भने, बैठकले विगत १५ गते देखि काठमाडौंमा सडक आन्दोलनमा रहेका शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्नको लागि बैशाख १२ देखि सुरु हुने संघीय सदनको अधिवेशनमा सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ। 

प्रकाशित: ४ वैशाख २०८२ १८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App