नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपालमा सधैँ अधिकारले जित्ने र कर्तव्यले पराजय व्यहोर्ने भन्दै टिप्पणी गरेका छन्।
बिहीबार फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै नेता भण्डारीले यस्तो टिप्पणी गरेका हुन्। ‘हाम्रो देश यस्तो खेलमैदान हो, जहाँ अधिकारले सधै विजय हासिल गर्दछ,’ भण्डारीले लेखेका छन्, ‘तर, कर्तव्यले पराजय।’
भण्डारीले यो अभिव्यक्तिमार्फत अधिकारको मात्रै वकालत गर्ने र कर्तव्य पालनमा भूमिका नखेल्ने आम प्रवृत्तिमाथि आलोचना गर्न खोजेका हुन्।
प्रकाशित: ४ वैशाख २०८२ १७:०९ बिहीबार





