१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

सातै प्रदेशका उपसभामुखहरूको सम्मेलनबाट ७ बुँदे जनकपुर घोषणापत्र २०८२ जारी

मधेस प्रदेशको राजधानी जनकपुरमा सातवटै प्रदेशका उपसभामुखहरूको सम्मेलन सम्पन्न भएको छ। 

आज (बिहीबार) भएको उक्त सम्मेलनमा उपसभामुखहरूको भूमिकालाई थप प्रभावकारी र फराकिलो तुल्याउने उद्देश्यले संसदीय अभ्यासमा उपसभामुखहरूको भूमिका तथा नीतिगत सुधारका सवालहरू विषयमा छलफल भएको हो। 

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले उद्घाटन गरेको उक्त सम्मेलनमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरे, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, सातै प्रदेशका उपसभामुख, तथा संविधानविद् काशीराज दहालले आफ्ना धारणा राखेका थिए।

कार्यक्रमले ७ बुँदे जनकपुर घोषणापत्र २०८२ समेत जारी गरेको छ। 

यस्तो छ जारी घोषणा पत्र:

जनकपुर घोषणापत्र २०८२

संघीय संसद र प्रदेश सभा सञ्चालन सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमका प्रथम देखि सातौं सम्मेलनको घोषणापत्र, अन्तर-व्यवस्थापिका मञ्चको पहिलो देखि दशौं घोषणापत्र तथा विगतमा भएका कार्यक्रमहरुको समीक्षा गर्दै प्रदेशका “उपसभामुखज्यूहरुको भूमिका तथा नीतिगत सुधारका सवालहरु" विषयमा सातवटै प्रदेशका मा. उपसभामुखज्युहरूको अनुभव आदानप्रदान कार्यक्रममाविभिन्न विषयहरुमा छलफल गरी संसदीय अभ्यासलाई अधिकतम प्रभावकारी बनाई सुशासन, विधिको शासन र समृद्धि प्राप्तिका लागि कृयाशील हुने प्रतिबद्धता व्यक्त गर्दै देहायका घोषणा गर्दछौं ।

१. सम्वैधानिक लोकतान्त्रिक प्रणाली उत्कृष्ट राजनैतिक ब्यबस्था भएकाले लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो भन्ने तथ्यलाई हृदंगम गरी सोही अनुरुपको निष्ठापूर्वक सम्वैधानिक अभ्यासबाट नै सम्बृद्धि प्राप्त हुने हुँदा यो सम्मेलन सम्बैधानिक गतिशिलताका निम्ति राजनैतिक क्षेत्र लगायत सम्बद्ध सबै पक्ष संविधानको सर्वोच्चता प्रति क्रियाशिल रहने प्रतिबद्धता ब्यक्त गर्दछ,

२. प्रदेश सभालाई बढी प्रभावकारी बनाउन संसदीय अभ्यास भएका मुलूकहरुको असल अनुभवको आधारमा प्रदेशसभाको अधिवेशनको आब्हान र अन्त्यका निम्ति प्रदेश सभामुखको परामर्शमा गर्ने, सभामा छलफलका निम्ति समय ब्यबस्थापन गर्दा आकस्मिक समय, शुन्य समय, बिशेष समय(लैंगिकता, समावेशीकरण, अल्पसंख्यक र आफ्नो निर्वाचन क्षेत्रको समस्या उठाउने समय)को ब्यबस्था, कार्ययोजना र कार्यतालिका निर्माण र कार्यान्वयन, प्रत्यायोजित ब्यबस्थापन, सभा र समितिले दिएका निर्देशन कार्यान्वयनको अनुगमन जस्ता विभिन्न बिषयहरुलाई सम्बोधन गर्ने गरी प्रदेश सभा नियमावली संशोधनमा आवश्यक पहल गर्ने,

३. विश्व संसदीय अभ्यासको अनुभवको पृष्ठभूमिमा प्रदेश सभाका उपसभामुखको भूमिकालाई अझ शसक्त र प्रभावकारी बनाउन समितिहरुको समन्वय र सहजीकरण, कतिपय बिशेष प्रकृतिका समितिका सभापतिको भूमिका समेतरहने नियमावलीमा व्यवस्था गर्ने,

४. प्रदेश सभाले उपसभामुखको नेतृत्वमा स्थानीय तहको विद्यायन ब्यबस्थापनमा आवश्यक सहयोग पुर्‍याउन प्रदेश सभा र स्थानीय तहबीच आपसी छलफल, अन्तरकृया र सहकार्य गर्ने,

५. लैंगिकता, समावेशीकरण, अल्पसंख्यकका अधिकारको प्रचलन, सशक्तिकरण, लैंगिक बजेटको तर्जुमा र कार्यान्वयन जस्ता बिषयमा छलफल गरी आवश्यक सुझाव दिनप्रदेश सभाभित्र महिला समन्वय समितिको ब्यबस्था गर्ने,

६. प्रदेश सभा सचिवालयको संस्थागत क्षमता अभिवृद्धिका निम्ति सोही अनुसारको जनशक्ति, स्रोत साधनको सुनिश्चितता, प्रविधिमैत्री ब्यबस्थाको विकासमा सरकारलेपूर्ण सहयोग गर्नुपर्ने ।  

७. उपसभामुखहरुकोयो सम्मेलन आपसी अनुभव आदनप्रदान गर्न उपयोगी महसुस भएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने, साथै  सभाको काम कारवाहीलाई सम्वृद्ब बनाउन असल अभ्यासहरुको अनुसरणका निम्ति प्रदेश सभाका पदाधिकारी बीच आवश्कता अनुसार समय समयमा छलफल, अन्तरक्रिया र परामर्शद्बारा अनुभव आदान प्रदान गर्ने।प्रदेश सभाका उपसभामुखहरुको सम्मेलन तथा अनुभव आदान प्रदान सम्बन्धी आगामी कार्यक्रम कोशी प्रदेश सभाले आयोजना गर्ने ।

१. माननीय उपसभामुख श्री इन्दिरा राना, प्रतिनिधि सभा  

२. माननीय उपाध्यक्ष श्री विमला घिमिरे, राष्ट्रिय सभा  

३. माननीय सभामुख श्री रामचन्द्र मण्डल, मधेश प्रदेश सभा  

४. माननीय पूर्वउपाध्यक्ष श्री उर्मिला अर्याल, राष्ट्रिय सभा  

५. माननीय उपसभामुख श्री सृजना दनुवार, कोशी प्रदेश सभा  

६. माननीय उपसभामुख श्री बबिता कुमारी राउत ईशर  

७. माननीय उपसभामुख श्री अपसरा चापागाईं, बाग्मती प्रदेश सभा  

८. माननीय उपसभामुख श्री विना कुमारी थापा, गण्डकी प्रदेशसभा  

९. माननीय उपसभामुख श्री मेनुका खाँड के.सी., लुम्बिनीप्रदेशसभा  

१०. माननीय उपसभामुख श्री यशोदा न्यौपाने, कर्णाली प्रदेश सभा  

११. माननीय उपसभामुख श्री कोइली देवी चौधरी, सुदूरपश्चिम प्रदेश सभा

प्रकाशित: ४ वैशाख २०८२ १६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App