१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको संकल्प : सन्ततीलाई संग्लो र विकसित नेपाल हस्तान्तरण गर्छौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको सन्ततीलाई संग्लो र विकसित नेपाल हस्तान्तरण गर्ने दाबी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।  

‘नेपाल सधैं स्वतन्त्र र स्वाधीन रह्यो। यसमा हामीले गौरव गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘विश्वमा अहिले भएका १९४ देशमध्ये उपनिवेश कायम गर्नेहरु समेत १९ ओटा देश मात्रै स्वतन्त्र रहेका बेला एउटा नेपाल सानो भएपनि स्वतन्त्र रहेको थियो।’

नेपालको यस प्रकारको स्वतन्त्रतालाई, स्वाधीनतालाई, भौगोलिक अखण्डतालाई  अत्यन्त सम्मान गर्ने उनले बताए। ‘हामी माया गर्दछौँ, यसलाई कायम राखेर छोड्दछौँ। यसलाई संग्लो नेपाल हाम्रा सन्ततीलाई, अझ विकसित हन्तान्तरण हामी गर्छौँ। यो हाम्रो आजको पुस्ताको संकल्प हो,’ प्रधानमन्त्री ओलीले भने।  

देशको सिमाना र सम्मान खुम्चन नदिने पनि उनले प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘न हामी देशको सीमा खुम्चन दिन्छौँ न सम्मान। केही खुम्चन दिन्नौँ।’

प्रकाशित: ४ वैशाख २०८२ १५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App