१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

'प्रधानमन्त्रीमा तानाशाही प्रवृत्ति देखियो'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही प्रवृत्ति देखाइरहेको टिप्पणी गरेकी छन्।

बुधबार (आज) नागरिक फ्रन्टलाइनमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन्। 

प्रधानमन्त्रीले जनताको वितृष्णालाई जोकमा उडाइदिने गरेको उल्लेख गर्दै उनले भनिन्, 'उहाँले जुनसुकै कुरालाई पनि सामान्यीकरण गर्नुहुन्छ। त्यो भनेको त तानाशाही प्रवृत्ति नै हो नि।'

उनले थपिन्, 'प्रतिपक्षको डिमान्ड अर्को हुन्छ, उहाँको भातृ सङ्गठनले प्रहरी कुटिरहेको हुन्छ तर, सदनमा उनीहरूकै पहरेदार देखिन्छन्।'

प्रकाशित: ३ वैशाख २०८२ १९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App