१ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

महेशको आरोप: प्रचण्ड सल्काएको आगोमा गगनले घिउ थपे

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले झोसेको आगोमा कांग्रेस महामन्त्री गगन थापाले घिउ थपेको आरोप लगाएका छन्। 

मङ्गलवार बस्नेतले सामाजिक सञ्जालमा ‘दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेपछि राष्ट्रिय राजनीति तरङ्गित बनेको भन्दै’ यस्तो आरोप लगाएका हुन्। 

‘प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको छ,’ बस्नेतले लेखेका छन्, ‘दुई नेताबिच एक ढिक्का भएर अघि बढ्ने र सरकारलाई प्रभावकारी बनाउने समझदारी भएको छ।’ 

त्यसपछि उनले दाहाल र गगनको प्रसङ्ग जोडेका छन्। ‘पछिल्लो समय प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेपछि राष्ट्रिय राजनीति तरङ्गित बनेको थियो। र, गगन जीले पनि आगोमा घिउ थपेका थिए,’ बस्नेतले लेखेका छन्। 

प्रकाशित: २ वैशाख २०८२ १५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App