इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत धर्मशालामा जारी क्वालिफायर-१ मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले गुजरात टाइटन्स (जीटी) विरुद्ध पावरप्लेमा विष्फोटक सुरुवात गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलुरुले सुरुवाती ६ ओभरको समाप्तिमा मात्र १ विकेट गुमाएर ७६ रन जोडेको छ।
बैंगलुरुले १२.६६ को उच्च रन रेटमा ब्याटिङ गरिरहेको छ। हाल क्रिजमा ओपनर विराट कोहली र देवदत्त पडिक्कल आक्रामक लयमा अविजित छन्।
कोहलीले १८ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा ३४ रन बनाएका छन्। त्यस्तै, पडिक्कलले जम्मा ११ बलमा ५ चौकासहित २३ रन जोडेर कोहलीलाई उत्कृष्ट साथ दिइरहेका छन्।
यसअघि बैंगलुरुका लागि ओपनिङमा आएका वेंकटेश अय्यरले छोटो तर विष्फोटक पारी खेलेका थिए। उनले ७ बलमा ३ चौका र १ छक्कासहित २७१.४२ को स्ट्राइक रेटमा १९ रन बनाए।
इनिङ्सको १.६ ओभरमा टिमको स्कोर २१ रन हुँदा अय्यरलाई कागिसो रबाडाले कप्तान शुभमन गिलको हातबाट क्याच आउट गराएका थिए।
पावरप्लेमा गुजरातका बलरहरू निकै महँगा साबित भएका छन्। गुजरातका तर्फबाट कागिसो रबाडाले ३ ओभर बलिङ गर्दै ३९ रन खर्चेर १ विकेट लिएका छन्।
त्यसैगरी, मोहम्मद सिराजले २ ओभरमा बिना विकेट २५ रन र जेसन होल्डरले १ ओभरमा १२ रन दिएका छन्।
प्रकाशित: १२ जेष्ठ २०८३ २०:२२ मंगलबार





