११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

७० वर्षमा बाबुरामको ऊर्जा : गोरखा पुगेर ट्याक्टर जोत्न सिक्दै

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई यतिबेला गृहजिल्ला गोरखामा छन्। गाउँमा रहँदा उनले मिनि पावर टिलर चलाउन सिकेको भिडियो सामाजिक सञ्जालमा चर्चित छ। 

भिडियो सेयर गर्दै भट्टराईले लेखेका छन्, ‘परम्परागत हलो–गोरू सट्टा मिनि पावर टिलरले जोत्न सिक्दै! अझै ६० प्रतिशत घरपरिवार कृषिमा जोडिएको देशमा १० लाख हेक्टर अर्थात् ४० प्रतिशत खेतियोग्य जमिन बाँझो बस्नु, पचासौँ लाख श्रमशक्ति विदेश पलायन हुनु, वार्षिक चार खर्ब रुपियाँ बराबरको कृषिजन्य वस्तु आयात गर्नु विडम्बनापूर्ण छ। वैज्ञानिक भूमिसुधार र कृषिको तीव्र आधुनिकीकरणबिना समृद्धिको कुरा ‘सम्धीको गफ’ मात्र हुने व्यवहारबाट पुष्टि भइरहेछ। यसलाई बदल्न सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरौँ।’ 

७० वर्षको उमेरमा पनि पूर्वप्रधानमन्त्री भट्टराईको यो सक्रियताले धेरैलाई प्रभावित बनाएको छ।

प्रकाशित: २ वैशाख २०८२ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App