११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सरकार ट्याक्टरको गतिमा अघि बढ्यो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरे पनि त्यस अनुसार काम हुन नसकेको जिकिर गरे।

उनले सरकारी काम कारबाहीमा सुधार, सुशासन प्रवर्द्धन लगायतका विषयहरूमा सरकारले जोड दिँदै काम गर्ने अपेक्षा गरे पनि सरकार ट्याक्टरको गतिमा अघि बढिरहेको बताए।

महामन्त्री थापाले सरकारले नागरिकको अपेक्षाको गति अनुसार काम गर्न नसकेको स्वीकार गरे।

प्रकाशित: २ वैशाख २०८२ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App