११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नेता गलत होलान्, व्यवस्था ठिक छ: रक्षामन्त्री

रक्षामन्त्री मानवीर राईले इतिहासले फालेको व्यवस्थालाई पुनः ल्याउने प्रयास गलत भएको बताएका छन्।

शनिबार काठमाडौंमा सिर्जनशील युवा समाज, काङ्गेलले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्थामा कमी नभएको, तर नेतृत्व गलत भए सुधार गर्नुपर्नेमा जोड दिए।

“इतिहासले फालेको व्यवस्था फेरि ल्याउने प्रयास भइरहेका छन्। व्यवस्था ठीक छ, यदि कुनै कमी छ भने नेताहरू गलत हुन सक्छन्। त्यस्ता नेतालाई आ-आफ्नो पार्टीबाट हटाउनुपर्छ वा निर्वाचनमार्फत बाहिर पठाउनुपर्छ,” रक्षामन्त्री राईले भने।

उनले गलत नेतृत्वलाई पार्टीभित्रै सुधार गर्न वा जनताको मतबाट हटाउन सकिने बताए। देशको व्यवस्थालाई बलियो बनाउन सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: ३० चैत्र २०८१ १८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App