नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निराशा र कुण्ठाले समृद्धिको यात्रामा बाधा पुर्याउने बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले निराशा र कुण्ठाले समृद्धिको यात्रामा बाधा मात्र नभएर समाजलाई समेत पछाडि धकेल्ने बताए।
यस कारण समाजमा उत्पन्न असन्तोषलाई निराशा र कुण्ठामा नभइ संकल्प र सिर्जनामा बदल्ने प्रयास गर्न महासचिव पोखरेलको भनाइ छ।
उनले लेखेका छन्, 'निराशा र कुण्ठाले समाजलाई पछाडि धकेल्दछ र समृद्धिको यात्रामा वाधा पुर्याउँछ। तसर्थ समाजमा उत्पन्न असन्तोषलाई निराशा र कुण्ठामा होइन संकल्प र सिर्जनामा बदल्ने प्रयास गरौँ।'
प्रकाशित: ३० चैत्र २०८१ ०८:०८ शनिबार




