खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जवासीका घरघरमा पाइपमार्फत नि:शुल्क रुपमा स्वच्छ, शुद्ध अनि सुरक्षित पानी आपूर्ति गरिने बताएका छन्।
आज वीरगञ्जस्थित एक कार्यक्रममा मन्त्री यादवले जलवायु परिवर्तनका कारण चापाकलहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एशियन विकास बैंकको सहकार्यमा रु तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको बताए।
उनले भने,'जलवायु परिवर्तनका कारण चापाकलहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एडिबीको सहकार्यमा रु तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको छ । चाडै यहाँका नागरिकका घरघरमा पाइपमार्फत स्वच्छ, शुद्ध र सुरक्षित पानी आपूर्ति हुन्छ ।'
यसैगरी मन्त्री यादवले अबका दिनहरूमा सिङ्गो वीरगञ्ज नगरभर नि:शुल्क खानेपानी वितरण गरिने प्रतिबद्धता समेत जनाउनु हुँदै अब चाँडै वीरगञ्जवासीले चापाकलको भर पर्नु नपर्ने र प्रत्यक नागरिकलाई पाइपमार्फत निस्शुल्क र सुरक्षित पानी आपूर्ति गरिने बताए।
ढल व्यवस्थापनका लागि रु डेढ अर्बको बजेट छुट्याइएको र वीरगञ्ज महानगरपालिकाका वडानं। २०, ३०, ३१, नगवा लगायतका क्षेत्रमा योजना कार्यान्वयनमा रहेको जानकारी दिए।
प्रकाशित: २९ चैत्र २०८१ १७:२० शुक्रबार





