११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अमेरिकी दूतावासले भन्यो: गैरकानुनी रूपमा अमेरिका यात्रा खतरनाक छ

नेपालस्थित अमेरिकी दूतावासले गैर कानुनी रूपमा अमेरिकी सीमासम्म पुग्ने यात्रा खतरनाक रहेको बताएको छ। 

बुधबार एक सूचना जारी गर्दै दूतावासले अमेरिकाको खतरनाक यात्राले सुरक्षा र जीवनलाई समेत जोखिममा पार्ने बताएको हो।

सूचनामा भनिएको छ, 'गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले तपाईँको सुरक्षा र जीवनलाई समेत जोखिममा पार्छ । आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैर कानुनी आप्रवासीहरूलाई निसानामा पार्छन् र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउँछन् । यो यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै पुग्दैनन्, जसले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउँछ ।'

गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न प्रयासरत व्यक्तिहरूलाई अमेरिकी सीमासम्म पुग्नुअघि नै रोक्न र फिर्ता पठाउन अमेरिकाले पश्चिमी गोलार्धका अन्य देशहरूसँग सहकार्य गर्न लागेको पनि दूतावासले जनाएको छ।

'गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न प्रयासरत व्यक्तिहरूलाई अमेरिकी सीमासम्म पुग्नुअघि नै रोक्न र फिर्ता पठाउन अमेरिकाले पश्चिमी गोलार्धका अन्य देशहरूसँग सहकार्य गर्दै छ', सूचनामा भनिएको छ, 'हाम्रा सिमानालाई मजबुत बनाई हामी अमेरिकी नागरिकहरूको सुरक्षा गर्छौँ र गैर कानुनी आप्रवास तथा मानव बेचबिखनले निम्त्याउने पिडाको रोकथाम गर्छौँ ।'

प्रकाशित: २७ चैत्र २०८१ १७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App