१५ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

झलनाथ सोध्छन्- नाममा मात्रै कम्युनिष्ट भएर हुन्छ र ?

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा नामका मात्रै कम्युनिष्ट पार्टी रहेका बताएका छन्। मङ्गलबार (आज) पार्टीको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'जसले जनताको एजेन्डा नै बोक्न सक्दैन, नीति, कार्यक्रम र विचार नै बोक्न सक्दैन भने त्यो के कम्युनिष्ट ?,' उनले भने, 'नेपालमा नामका मात्रै कम्युनिष्ट बढी भए। नाममा मात्रै कम्युनिष्ट भएर हुन्छ र ?'

कम्युनिष्टको नेतृत्वमा थुप्रैपटक सरकार बने पनि यी तमाम जनसमस्या जस्ताको त्यस्तै रहेको उनले बताए। 'अहिले पनि कम्युनिष्टकै नेतृत्वमा सरकार छ। तर, समस्याको समाधान हुन सकेको छैन। संविधान निर्माणपछि सामाजिक तथा आर्थिक रूपमा जसरी सुधार हुनुपर्थ्यो, भएन,' उनले भने।

उनले अब पार्टीले यो दिशामा काम गर्नुपर्ने बताउँदै पार्टीका नेता-कार्यकर्तालाई त्यसतर्फ नै मोडिन सुझाव दिए।

प्रकाशित: २६ चैत्र २०८१ १५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App