११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नेपालमा रावणको शासन चलिरहेको छ : लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा रावणको शासन चलिरहेको बताएका छन्।

मङ्गलबार (आज) काठमाडौंको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'नेपालमा रावणहरूको शासन चलिरहेको छ। रावण भनेको अहङ्कार हो, घमण्ड हो। सर्वसाधारणलाई उपेक्षा गर्ने मनस्थिति हो। मैले गरेको ठीक हो भन्ने अहङ्कार हो। नेपालमा अहिले जनताको बल लिएर रावण प्रवृत्तिहरूले शासन चलाइरहेका छन्,' उनले भने।

उनले पार्टीका नेताद्वय रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको यथाशीघ्र रिहाइको मागसमेत गरेका छन्। उनीहरूलाई लामो समय कारबासमै राख्ने षड्यन्त्र भइरहेको बताए। 'उहाँहरूलाई २५ वर्षसम्म झ्यालखाना राख्ने मुद्दा लगाएको छ। यो देश तिमीहरूको बिर्ता होइन, नेपाली जनताको लालपुर्जा हो। यसमा खेलाँची नगर,' उनले भने।

मिश्र र राणालाई नछाडेसम्म आफूहरूले नछाड्ने उनले बताए। 'यदि छोडिएन भने हामी पछि लाग्छौँ। उहाँहरूले नेपाली जनताको पक्षमा बोल्नुभएको हो। उहाँहरूलाई छोड्नुस्, छोड्नुपर्छ,' उनले भनेका छन्।

प्रकाशित: २६ चैत्र २०८१ १४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App