११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मधेसको खेत उर्वर बनाउन सुनकोशीकमला मरिन डाइभर्सन सुरु गर्‍याै: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्दै पहाडमा बाँध बाँधेर मधेसको खेत उर्वर बनाउन सुनकोशीकमला मरिन डाइभर्सनको योजना सुरुवात गर्न लागिएको बताएका छन् । 

केही मानिसहरूले मधेस र पहाडबिच विभेद फैलाएको बताउँदै उनले भने,‘ हामीले यसलाई विविधताको रुपमा उपयोग गरेर देखाएका छौँ ।’ पहाडमा बाँध बाँधेर मधेसका खेत सिञ्चित गर्ने योजना अघि बताएका छौँ।

हामीले मात्र पाउनुपर्छ भन्ने मानसिकताबाट मुलुकको विकास सम्भव छैन उनले भने,‘ विविधता र सामूहिकतामा मात्र विकास सम्भव छ भने कुरा बुझ्नुपर्छ ।’  सुनकोशीकमला मरिन डाइभर्सनको ब्रेक थ्रू भएको एक वर्ष भयो तर सिँचाई सुचारु हुन नक्सनुको कारण बाँध निर्माण हुन नसक्नु हो उनले भने,‘ बाँध निर्माणको काम सम्पन्न भएसँगै मधेसका खेत हरियाली हुनेछ ।’

प्रकाशित: २६ चैत्र २०८१ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App