प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस ज्ञान, तपस्या, शास्त्रार्थको देवभूमि भएको बताएका छन् । यो भूमिमा पाइला टेक्दा उद्भूत अनुभूति भएको उनले बताए ।
संघीय संरचनामा मुलुक अघि बढेपछि मधेस नेपालको एउटा प्रदेश मधेस हो । मधेस प्रदेश चेतनामा अग्रणी प्रदेश हो उनले भने,‘यो व्यवस्था स्थापनाका लागि अग्रणी भूमिका खेलेको छ । मैले विश्वास लिएको छुँ यो प्रदेश यो व्यवस्था रक्षा गर्न पनि अग्र मोर्चामा उभिएको छ, उभिन्छ,' उनले भने । यो प्रणाली देश र जनताको सेवामा समर्पित हुन्छ भने बिर्सिनु हुन्न । अधिकार वितरणका लागि हामी उदार छौँ उनले भने,‘परिपूर्ण लोकतन्त्रको पक्षमा हामी प्रतिबद्ध छौँ ।
प्रणालीको अनुभूति जनतालाई दिलाउन सक्नुपर्छ उनले भने,‘जनता प्रणालीको अनुभूति आफ्नै जीवनशैली, जीवनपद्धतिमा खोजी रहेको छ । सम्पूर्णमा लोकतन्त्र फल्नु र फुल्नुपर्छ । जनताले आफ्नो जीवनमा प्रणालीप्रतिको सकारात्मक अनुभूति गर्न सकेन भने त्यो प्रणालीप्रति वितृष्णा फैलिन्छ र अन्ततः प्रणालीलाई फ्यालिदिन्छ, उनले भने ।
प्रकाशित: २६ चैत्र २०८१ १३:११ मंगलबार





