११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बस्नेतलाई मेयर राईको जवाफ : महेश भाइ! कसैले आफ्नो अकाउन्टको पैसा दिने हो र?

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले नेकपा (एमाले) का नेता महेश बस्नेतलाई जवाफ फर्काएका छन्।

बस्नेतले हिजो (सोमबार) सामाजिक सञ्जालमा 'श्रमदानको गफले होइन केन्द्रको बजेटले खानेपानी उपलब्ध हुने छ, हर्क भाइ!' लेखेका थिए। यसै जवाफ स्वरुप मेयर राईले कसैले आफ्नो अकाउन्टको पैसा दिने हो र भन्दै सामाजिक सञ्जालमा लेखेका छन्।

मेयर राईले सरकारले ऋण लिएर स्थानीय सरकारलाई सरकारी पैसा दिने भन्दै बस्नेतलाई बुझ्न आग्रह गरे।

उनले लेखेका छन्, 'कसैले आफ्नो अकाउन्टको पैसा दिने हो र? सरकारले सरकारी पैसा दिने हो स्थानीय सरकारलाई त्यो पनि ऋण लिएर! बुझ्यौ महेश भाइ! बात कर्ता है...'

यसअघि महेशले 'सरकारले धरानवासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढाएको छ। बजेटको प्रबन्ध लगायतमा सहजीकरण गरिनेछl आज धरानका प्रमुख हर्क राईसहितको भेटमा प्रधानमन्त्री ज्युले सो जानकारी गराउनुभएको हो। श्रमदानको गफले होइन केन्द्रको बजेटले खानेपानी उपलब्ध हुनेछ। हर्क भाइ!' भनेर स्टाटस लेखेका थिए।

प्रकाशित: २६ चैत्र २०८१ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App