११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राजतन्त्रको औचित्य छैन : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले औचित्यहीन राजतन्त्र पुनःस्थापना नहुने बताए। 'औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ। पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको स्पष्ट गर्नुपर्छ, ' उनले भने।

फरक प्रसङ्गमा नेता नेपालले संविधान संशोधन आवश्यक भएको बताए। साथै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट गरे।

प्रकाशित: २६ चैत्र २०८१ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App