११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भयावह बन्दै काठमाडौंको प्रदूषण : सुमनाले तीन मन्त्रालयमा पठाइन् सुझावसहितको पत्र

काठमाडौं आज (मंगलबार) पनि विश्वका सर्वाधिक प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा परेको छ। 

यो पनि पढ्नुहोस्

विश्वकै प्रदूषित सहर बन्यो काठमाडौं

यसबीच सरकार मुकदर्शक बाहेक केही गर्न सकिरहेको छैन। प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले विश्वकै सबैभन्दा प्रदूषित सहरमा काठमाडौं परेको भन्दै तत्काल र दीर्घकालीन समाधानका लागि पत्र लेखेकी छिन्।

उनले वन तथा वातावरण, गृह मन्त्रालय, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयलाई सुझावसहितको पत्र पठाएको जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएकी हुन्। बढ्दो प्रदूषणले जनस्वास्थ्यमा पारेको गम्भीर असरप्रति चिन्ता व्यक्त गरेकी छन्। 

प्रकाशित: २६ चैत्र २०८१ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App